
पूर्णपुष्टि, असोज ३ गते ।
कञ्चनपुरमा सडेको अवस्थामा तिन जनाको शव फेला परेको छ । लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जनाको शव फेला परेको छ भने पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ तीन जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले बताए । उहाँका अनुसार दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन् भने अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि सडेको अवस्थामा भएकाले पहिचान गर्न सकिएको छैन ।
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
