
पूर्णपुष्टि, बैशाख ११
उदयपुरमा नेकपा एमालेले सबै पालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्लाको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका सहित सबै पालिकाहरुमा उम्मेदवारहरुको नाम टुंगो लगाएको नेकापा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जनाकारी दिए ।
घिमिरेका अनुसार एमाले बाट त्रियुगामा मेयरका लागि भागत राउत र उपमेयरका लागि महेश्वरी राईको उम्मेदवार निश्चित भएको जनाएको छ । यस्तैगरी कटारीमा मेयरमा ज्ञानेन्द्र श्रेष्ठको नाम टुंगो लागेको छ भने उपमेयरमा गिता खड्काको नाम टुंगो लागेको छ । श्रेष्ठ पुरानै मेयर रहेपनि पून ः दोहोरीने मनसायले उनैको नाम टुंगो हो ।

गिता खड्का भने नयाँ नेतृको लागि उम्मेदवारी बनेकी हुन् । यस्तै चौदण्डीगढी नगरपालिकामा कालु लामा मेयर पदको उम्मेदवारी बनेका छन् भने मनिका दुलाल उपमेयर पदमा उम्मेदवारी बनेकी हुन् । लामा एमाले उदयपुरका सचिव समेत हुन् ।
यता बेलाकामा पनि पुरानै मेयर दुर्गा कुमार थापाको नाम मेयर पदको उम्मेदवारीमा टुंगो लागेको छ । उपमेयरमा भने जिरा राईको नाम टुंगो लागेको छ ।
यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्ष भरत थापा र पुरानै उपाध्यक्ष कुमारी ज्यु ठकुरीको नाम टुंगो लागेको छ भने उदयपुरगढीमा गोपाल खत्री अध्यक्ष र कुमारी आले मगर उपाध्यक्षको लागि उम्मेदवारी टुंगो लागेको अध्यक्ष घिमिरेले जनाए । यस्तै लिम्चुङबुङमा अध्यक्ष पदका लागि राज कुमार राई र उपाध्यक्षका लागि कुमारी कार्कीको नाम टुंगो लगाएको छ भने ताप्लीमा बाबुराम राई अध्यक्ष र मान कुमारी थापा उपाध्यक्षका लागि नाम टुंगिएको हो ।
