Friday, June 12News That Matters

त्रियुगा–१ को २०० मत गणनामा काङ्ग्रेसको अग्रता

पूर्णपुष्टि, जेठ १० ।
त्रियुगा नगरपालिकाको मतगणनाको सुरुवातमा नेपाली काङ्ग्रेसको अग्रता देखिएको छ । पहिलो २०० मत गणनाको परिणाम अनुसार नगरको प्रमुख पदमा नेपाली कांग्रेसको बसन्त बस्नेतको ८८ मत, गठबन्धनतर्फ नेकपा (एस) को बलदेव चौधरीको ४७ र नेकपा एमालेको भागवत राउतको ३१ मत प्राप्त भएको छ । उपप्रमुखमा पनि काङ्ग्रेसकै अग्रता छ । काङ्ग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईको ७४, एमालेकी महेन्वरी राईको ३९ र गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)की गिता खड्का कार्कीको १४ मत आएको छ ।
स्वतन्त्र प्रमुख पदका उम्मेदवार चित्रकुमार कार्कीको २ र जसपाकी प्रमुख पदकी उम्मेदवार मन्जु राईको १ मत आएको छ ।
उपप्रमुखमा जसपाको विनोदकुमार चौधरीको ६ र स्वतन्त्र उम्मेदवार सावित्रा थापाको ४ मत आएको छ । थापा नेकपा (माके) को बाघी उपप्रमुख उम्मेदवार हुन् ।
वडाध्यक्षमा पनि काङ्ग्रेसको नै अग्रता छ । काङ्ग्रेसको मनोजकुमार चौधरीको ७५, एमालेको दिलिपकुमार चौधरीको ३६ र गठबन्धनतर्फको नेकपा (एस) को सुकुमार चौधरीको ७ मत आएको छ । वडाध्यक्षमा दोस्रो बढि मत स्वतन्त्र उम्मेदवार नारायण प्रसाद ढकालले ५६ मत पाएका छन् ।