Friday, June 12News That Matters

त्रियुुगाको वडा नं. ३ र ४ मा मतगणना जारी दुवै वडामा काँग्रेसकै अग्रता

पूर्णपुष्टि, जेठ १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ र ४ को मत गणना जारी छ । ३ नं. वडामा १ हजार ४ सय मत गनिसक्दा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार तिलकबहादुर कटुवा अगाडी रहेका छन् । कटुवाल ४ सय ८६ मतका साथ अगाडी छन् । कटुवाललाई नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङले ३ सय ३४ मत ल्याएर पछ्याइरहेका छन् । यता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार अवधेश चौधरीले २ सय २ मत प्राप्त गरेको छ ।
३ नं. वडाबाट मेयर तथा उपमेयर पदमा पनि काँग्रसकै उम्मेदवार अगाडी रहेका छन् । दोस्रोमा नेकपमा एमालेका उम्मेवार छन्, भने तेस्रोमा गठबन्धन रहेका छन् ।
वडा नं. ४ मा ३ सय मतगणना गर्दा काँग्रेसका उम्मेदवार रहेका बद्रि बस्नेतले १ सय १२ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई नेकपा एमालेका उम्मेदवार सुवासकुमार निरौला र माओवादीका उम्मेदवार मोहनबहादुर अधिकारीले ८०÷८० मत ल्याएर पछ्याउदै छन् । ३ नं. वडामा प्रमुख तथा उपप्रमुख पदमा पनि काँग्रेसले नै बाजी मारेको छ ।