
पूर्णपुष्टि, जेठ १३ ।
मुख्य निर्वाचन कार्यालय उदयपुरले त्रियुगा नगरपालिकाको मतगणना जारी राख्दै गर्दा बीचमा जोडघटाउमा त्रुटीका कारण गणनामा ढिलाई भएको छ ।
मत अङ्ग जोड्नमा त्रुटी भएपछि त्यसलाई सच्याउन समय लागेकोले ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ । “हामी त्रुटीलाई सच्याउदै छौं, त्यसैले केही बेर गणना र बीचबीचमा हुने मतपरिणाम सार्बजनिकीकरणमा ढिलाई भएको हो ।” स्रोतले भन्यो ।
प्राप्त सुचना अनुसार १३ नं. वडा र ४ नं. वडाको डाटामा त्रुटी भएपछि विवाद सिर्जना भई सच्याउनका लागि लामो समय लाग्दा ढिलाई भएको हो । त्रुटी सच्याएर बेलाबेला गरिने मतपरिणाम सार्बजनिकीकरणमा अरु केही समय लाग्न सक्ने स्रोतले जनाएको छ ।
