
पूर्णपुष्टि,चैत्र २२ । थारु कल्याणकारीणी सभा उदयपुरको जिल्ला अधिवेशन यहि आउँदो २४ र २५ गते भव्य रुपमा सम्पन्न हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाईको एक विद्यालयमा उक्त अधिवेशन भव्य रुपमा मनाउने आयोजकले जनाएको छ ।

सभाका जिल्ला अध्यक्ष सिभकान्त चौधरीका अनुसार कार्यक्रम पूर्व सन्धामा मोटरसाईकल र्याली भव्य रुपमा गरिने जनाएको छ । २३ गते अर्थात भोली चौदण्डी देखी गाईघाट लगायत बिभिन्न स्थानमा मोटरसाईकल र्याली गरिने जनाए । बुधबार गाईघाट स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै अधिवेशन कार्यक्रममको बारेमा आयोजकले जानकारी गराएका थिए । उक्त कार्यक्रम पहिलो दिन २४ गते उद्घाटन सत्रको रहेको र २५ गते भने बन्द सत्रको कार्यक्रम रहेको जनाएको छ ।

कार्यक्रममा थारु जातिको भाषा,संस्कार,संस्कृति र रहन सहनलाई पनि प्रस्तुत गरिने अध्यक्ष चौधरीले जनाए । राष्ट्रिय तथा स्थानीय कलकारहरुले समेत थारु भाषाको संस्कार संस्कृतिमा आफ्नो प्रस्तुत गर्ने सँगै पौरानिक संस्कृतिकहरु झाँकी समेत प्रस्तुत गरिने जनाईएको छ । कार्यक्रमको उद्घाटन नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले गर्ने भएको छ ।
