
पूर्णपुष्टि, चैत्र २२ । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रहरीले अर्काको नाममा एसईई परिक्षा दिने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेकी छिन् ।
उनलाई नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पना लिम्बुको परिक्षा दिईरहेको अवस्थामा पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका (डिएसपी) रन्जन दाहालले जानकारी दिए । उनका अनुसार बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा उनलाई पक्राउ गरेको हो । कल्पनाको परिक्षा दिने सुस्मिताको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
