
पूर्णपुष्टि, असार २ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेको टोपबादुर रायमाझीको सांसद पद तत्काल निलम्बन हुने भएको छ ।
मंसिरको चुनावमा अर्घाखाँचीबाट निर्वाचित भएका रायमाझी सहित १६ जनालाई ठगी प्रकरणमा शुक्रबार काठमाण्डौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो । प्रतिनिधि सभा नियमावलीका अनुसार कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने छ । सांसदमा सभामुखले रायमाझी निलम्बनमा परेको जानकारी गराएपछि औपचारिक रूपमा उनी निलम्बनमा पर्ने छन् । रायमाझीले निलम्बनमा परेको अवधिको सेवा तथा सुविधा पाउने छैनन् भने अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउने छैनन्।
