Sunday, May 3News That Matters

दमौटीमा गरियो गैरकानुनी शिक्षक नियुक्ती

पूर्णपुष्टि, चैत २५ ।
उदयपुरको त्रियुगा नगरपालिका ५ दमौटी स्थित जनता माध्यामिक विद्यालय दमौटीमा विना प्रक्रिया शिक्षक नियुक्ती गरिएको छ ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा गैरकानुनी नियुक्ती गरिएको अभिभावकहरुको आरोप छ ।
प्रअ रमानन्द चौधरीले कानुनी कुरा प्रष्ट नभइ नयाँ ब्यक्ति नियुक्ती गरेको स्विकार गरेका छन् । उनले विद्यालय हितका लागि त्यसो गरेको बताएका छन् । विब्यास अध्यक्ष कुबेर ग्रांजा मगरले पनि सोकी कुरा बताएका छन् ।

सो विद्यालयमा राहत अनुदान कोटामा नियुक्त शिक्षक सुबास थापाले स्थायी कोटामा नाम निकालेपछि उक्त ठाउँमा विना प्रक्रिया विद्यालयले नयाँ ब्यक्ती नियुक्त गरेको हो । यस विषयमा नगर शिक्षा प्रमुख शिवकुमारी राउतले हाल नियुक्त ब्यक्ति बैकल्पिकमा नाम निकालेका ब्यक्ति हुन् । सोही कुरा हेरेर एकवर्ष ननाघेका बैकल्पिकको नाताले नियुक्ती गरेको हुनसक्न उनको भनाइ छ । तर, शिक्षा विकास समन्वय इकाई उदयपुरका प्रमुख सम्भु थापा मगरका अनुसार स्थायी नियुक्ती बाहेकमा बैंकल्पिकलाई त्यसरी नियुक्ती गैरकानुनी हुन्छ ।