Sunday, May 3News That Matters

पुराणमा संकलित रकम हिनामिना भएकाे आराेप

पूर्णपुष्टि, चैत्र २५ ।
राधाकृष्ण कुञ्ज विहारी संस्था, गाईघाटले आमाबुवा स्नेह घर निर्माण गर्ने भन्दै लगाएको सप्ताह पुराणको संकलित रकम हिनामिना भएको छ । त्रियुगा नगरपालिका ११ नयाँ कृषि बजारमा गत माघ ४ देखि १३ गतेसम्म लगाएको पुराणको संकलित रकम हिनामिना भएको हो । संस्थाका सचिव, कोषाध्यक्षसहितको बहुसंख्याक सदस्यहरुले संकलित रकम कार्यसमितिभित्रै पारदर्शी नभएको भन्दै वडा कार्यालय र मिडिया गुहादै हिडेको छ भने अध्यक्ष र उपाध्यक्ष पनि रकमबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् ।

पुराणबाट संकलित ११ लाख ७७ हजार ३०५ रुपैया बैंक खातामा जम्मा गरी आम्दानी खर्च पारदर्शी गर्नुपर्ने माग उनीहरुको छ । संकलित रकम सचिव र कोषाध्यक्षलाई नदिइ अध्यक्ष सपना बस्नेत र उपाध्यक्ष रविना राय खड्काले जिम्मा लिएको र आय ब्याय पारदर्शी ढंगले नदेखाएको भनाई छ । कथा बाचिकासमेत रहेकी संस्थाकी अध्यक्ष बस्नेतको रकम उठेको बारेमा आफुलाई जानकारी नहुने त्यसको जिम्मेवारी सचिव र कोषाध्यक्ष नै हुनुपर्ने भनाइ छ । संस्थामा उक्त रकम कोसंग कस्तो अवस्थामा छ भन्ने प्रष्ट बनाउन नसक्दा अनियमितता भएको देखिएको छ । पवित्र मन र भावनाले भक्तजनहरुले पुराणमा दिएको चन्दा यसरी विवादित भएपछि पुराण सहि नियतले लगाएको भन्नेमा प्रश्न उठेको छ । कार्यसमितिभित्रको बेमेल र अपारदर्शीताले पनि नियतमा प्रश्न उठेको छ । दुवै पक्षलाई बोलाएर छलफल गराउने पटक पटक प्रयास भैरहेपनि कहिले एक पक्ष आउने कहिले अर्को पक्ष नआउने भैरहेको ११ नं वडाका वडा अध्यक्ष सुमन्त कोईरालाले बताए । सहि नियतले पुराणको आयोजना भएको नदेखिएको कोईरालाको भनाई छ ।