
पूर्णपुष्टि, साउन १६ । बोक्सेमा जारी दोस्रो ७ए फुटबल प्रतियोगिताको फाईनलमा दमौटी फुटबल क्लब प्रवेश गरेको छ । बुधबार गंगा खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा शिशवारी फुटबल क्लबलाई २–३ गोलले हराउँदै दमौटी फुटबल क्लबले अन्तिम दुईमा स्थान बनाएको हो ।
दमौटीको लागी जर्सी नं ९ का प्रताब राई, जर्सि नं १७ का अन्जन हमाल र जर्सि नं ३ का रितेस तामाङ्ले १–१ गोल गरे । त्यस्तै शिशवारीको लागी जर्सि न ४ का निखिल कार्कि र जर्सी नं १० का बिश्वास राईले १–१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच दमौटी फुटबल क्लबका अन्जन हमाल बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे । भोली हुने दोस्रो सेमिफाईनल खेलबाट फाईनल खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
यस प्रतियोगिताको वेजता टिमले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस प्रतियोगिताको फाईनल खेल शनिबार बोक्से स्थित गंगा खेल मैदानमा हुनेछ ।

