Tuesday, April 21News That Matters

दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ र क्रान्तिकारी मिल्न तयार: अध्यक्ष शेर्पा

पूर्णपुष्टि, असोज १० ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न अखिल क्रान्तिकारीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले यो कुरा व्यक्त गरेका हुन् ।

शेर्पाले भने, “जुनसुकै तहमा हुने दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ । विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियता, लोकतन्त्र, देशको सुरक्षाका लागि हामी एक ठाउँमा छौँ ।”

उनले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गर्न ठूलो चुनौती रहेको बताउँदै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । “अहिले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गराउन निकै चुनौती रहेको छ,” उनले थपे ।