
पूर्णपुष्टि, माघ २९
राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको जनाएको छ । समाजमा दलित प्रति हुने अनेकौँ बिभेत र असाहयहरु प्रति सजक रहँदै यस्ता समस्या समधान गर्न नै यस आयोग गठन भएको पुर्कुटीले जनाए ।
दलितहरु नेपाली समाजकै व्यक्ति, परिवार, समुदाय हुँदै राष्ट्र सम्म बाटनै बिभेद् खेपिरहेको हुँदा दलित समुदाय अत्यादिक समाजमा समस्याको सिकार भैरहेको पुर्कुटीले जनाए । यसै समस्याको समधान र उनिहरुको हक अधिकार, नितिगत कार्यविधिलाई समानन्तर गर्ने प्रयत्ननै आयोगको मुख्य काम रहेको उनिले जनाए ।

पुर्कुटीले आयोग गठन भएको एक बर्ष कार्यकाल पुरा भैरहँदा दलितहरुको थुप्रै समस्या समधानका कुराहरुलाई एजेन्डाको रुपमा समावेश गरिएको जनाएको छ । शनिवार गाईघाटमा पत्रकारहरु सँग भेटघाट गर्दै आफ्नो कार्यकाल १ बर्ष पुरा भईरहँदा आयोगका काम कार्यविधिहरुको १६ ओटा बुदा समेत प्रेस विज्ञाप्ती मार्फत प्रस्तुत गरेको छ ।
आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानूनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै बिभेदको अन्त्य गर्न कार्यन्वयन अवस्थाबारे अनुगमनको काम गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

आयोगले हाल आयोगको बैठक संञ्चालन कार्यविधिको कार्यन्वयन, दलितहरुको बिभिन्न घटना समस्याहरुलाई कार्वाहिको सिफारिस, दलितहरुको मुख्य समस्या र राष्ट्रिय स्थरको ४३ ओटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानविनको लागि पत्र, राजनितिक दलहरुमा दलित समावेशीका लागि पत्र, बिभेद घटना अन्त्यका लागि सचेतनामुलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलापहरु गरिहेको समेत उल्लेख गरिएको छ ।

सदस्य पुर्कुटीले नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत जनाए । आयोग समयमै गठन नहुँदा दलितहरुको बिभिन्न समस्याहरु संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै नै आयोग गठन भएको भए दलितहरुले पछिल्लो समयसम्म बिभेदहरु भोगिराख्नु पर्ने अवस्था नआउने जनाए ।
आयोग गठन भए सँगै दलितहरुको अधिकार र संरक्षणमा दवाव दिन थाले सँगै सरकारको भुमिका समाजको भुमिका र व्यक्तिहरुको भुमिकामा परिवर्तन भएको समेत सदस्य पुर्कुटीको बुझार्ई छ ।
उनले अवको समयमा दलितहरुलाई हिनता बोध हुने शब्दहरु समेत प्रयोग नगर्न अनुरोध गरे । चाहे व्यक्तिले, चाहे समाज वा राष्ट्र कसैले पनि दलितलाई हिनता बोधको महसुस हुनेगरी अव नहेप्न समेत आग्रह गरे ।

अव दलितहरु हिनता सहेर समाजमा बस्न नसक्ने र यसबारे निकै सचेत भैसकेको भन्दै दलितहरुलाई समानन्तर तर्फ लैसाज समाज, राष्ट्र र व्यक्तिनै दलित समुदायहरु प्रति सकरात्मक बन्दै यस्ता कुरीतीहरु प्रति आफ्नो समेत जिम्मेवारी बोध गर्दै सहयोग गर्दिन समेत पुर्कुटीले अनुरोध गरे ।

