
पूर्णपुष्टि, २२ बैशाख ।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका लागि अझै पनि न्याय र अधिकार पर्याप्त नरहेको जनाए । नेपाली समाजमा दलित भन्दै गरिने बिभेद अन्त्यका लागि आयोग गठन भएको अवस्थामा केहि कामहरु भएपनि अन्य थुप्रै मुद्धाहरु पुरा हुन बाँकी रहेको जनाए ।
समुदायलाई न्यायमा पहुँच पुराउन जिम्मेवार निकायहरु अझै गम्भीर नभएको पनि उनले जनाएको छ । उनले सम्बन्धीत निकायहरुलाई गम्भीर बनाउन दलित समुदायमा सचेत र जागरुपताको आवश्यक रहेको सुझाए । आफुलाई पर्ने अन्याय र अत्याचारविरुद्ध लड्न बैचारिक चेतनाका आवश्यक रहेको विश्वकर्माको भनाई छ ।
दलित महिला संञ्जाल उदयपुरको भेलाका लागि उदयपुर आएका अध्यक्ष विश्वकर्माले पत्रकार सम्मेलनमा आयोगले विभेदको मुद्धाहरुलाई बिषेश ध्यानमा राखेर काम गरिरहेको भएपनि जिम्मेवार पक्षहरु खेलाचीको रुपमा प्रस्तुत भैरहेको संकेत गरे । उनले सरकारको सिमित स्रोत साधनका बावजुत पनि आफुहरुले समुदायको न्याय र अधिकारमा पहुँच पुराउन काम गरिरहेको जनाए ।
पहिलो कुरा आफैमा हुने विभेद प्रति सचेत रहनु पर्ने भन्दै दलित समुदायहरुलाई सांगठनिक हुन उनले अनुरोध गरेका छन् । समाजमा भएको बिभेद बिकृतिलाई कार्वाही गर्न सिफारिस गर्ने आयोगको काम भएको भन्दै आयोग सम्म त्यस्ता घटनाहरु जोड्न पनि उनको अनुरोध छ । आयोगले घटनाको पिडकहरुलाई आफै कार्वाही गर्दैन गर्न मिल्दैन, तर कार्वाही गर्न सिफारीस र दवाब दिने काम गर्छ, उनले भने,” तसर्त आयोगको काम भनेको कार्वाही गर्ने नभई घटनाको अनुसन्धान गरी कार्वाहीको लागि सिफारीस र दवाव सिर्जना गर्ने उनले प्रस्टाए । कतिपयले आयोगकको काम के हो भनेर प्रश्न गर्दै गर्दा उनले यस्तो जवाफ दिएको हो ।
विश्वकर्माले पछिल्लो समय उदाहरणीय रुपमा आयोगले बिभेद विरुद्ध कार्वाही गर्दै आएको पनि जनाए । यसलाई थप प्रभावकारी बनानउ पत्रकारहरुको कलम र आवाजको आवश्यक रहेको भन्दै बिभेद विरुद्ध संञ्चारमाध्यमहरुमा घटना र सचेतनाबारे प्रकाशन प्रशारण गर्न अनुरोध गरे । उनले सम्बन्धित निकायले समुदायको मुद्धामा जिम्मेवारी बहन नगर्दा पिडकले बिभेदका लागि सहजै टाउको उटाईरहेको र खुलेआम रुपमा बिभेद गररहेको जनाए । दलितहरुको हक अधिकार संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने र समुदाय आफैपनि सचेत र संगठनात्म्क तरिकाले लाग्नु पर्ने अध्यक्ष विश्वकर्माको सुझाव छ ।

