
पूर्णपुष्टि, २२ फागुन । गाईघाट साकेला खेल मैदानमा आजबाट सुरु भएको प्रथम स्व. दिपक राई दोर्पाली स्मृति फुटबल प्रतियोगितामा भचुवा फुटवल क्लव रामपुरले बिजयी सुरुवात गरेको छ । साउने फुटवल क्लवलाई ४ / २ ले हराउँदै भचुवाले बिजयी सुरुवात गरेको हो । पहिलो हाफमा भचुवाका जर्सि नं २२ का गोल किपर जन्जीव राईले १८ औँ मिनेटमा साउनेलाई १ गोल गर्दै खाता खोलेका थिए ।
यस्तै खेलको २५ औँ मिनेटमा साउनेको तर्फबाट जर्सि नं ९ का म्याक्स मगरले गोल फर्काएका थिए भने दोस्रो हाफको ८ औँ मिनेटमा इश्वर माझीले भचुवाको तर्फबाट फेरी गोल गरेका थिए । र १४ औँ मिनेटमा पनि भचुवाको तर्फबाट जर्सि नं ७ का दिवस तेस्रो गोल गरे । त्यस्तै खेलको २५ औँ मिनेटमा फेरी भचुवाक तर्फबाट अन्तिम गोल गरेका थिए । यता साउनेको तर्फबाट दोस्रो हाफको १८ औँ मिनेटमा जर्सि नं १० का आशिष राईले १ गोल फर्काएका थिए । भोलीको खेल श्रीपुर फुटवल क्लव र फ्युजन फुटवल क्लवबीच दिउँसो २ बजे र आयोजक समूह बी र स्वर्णीम फुटवल क्लव जलजलेबीच दिउँसो ४ बजे हुने छ । 







