
पुर्णपुष्टि,चैत्र २५ । हुम्लामा दलित मुक्ति मोर्चाद्धारा आयोजित एक कार्यक्रममा ६० जना अन्तरजातीय विवाह गर्नेहरुलाई सम्मानित गरेको छ । मुलुकमा भैरहेका जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने र दलित समुदायबाट निर्वचित जनप्रतिनिधि कर्मचारीहरुलाई समेत हौसला स्वरुप सम्मान गरिएको हो ।
हाम्रो नेपाली समाजमा अझै पनि छुवा–छुत जातीय विभेद जस्ता सामाजिक हिंसाहरु बढ्दो खवस्था देखिने गरिन्छन् । जस्का कारण समावेशी अधिकार मुल्य मान्यताहर लोप हुँदै गएको पाईन्छ । यस्ता प्रविधिलाई अन्त गर्नको निमित्त नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले अभियान सुरु गरेका मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियार साथै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले जन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा सम्पुणमा धन्यवाद दिनुभयो ।
