Thursday, June 18News That Matters

कानुन कार्यान्वय गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउछ भने त्यो गलत हो : मेयर शाह

पूर्णपुष्टि, चैत्र २५ । काठमाण्डौंका मेयर बालेन शाहले कानुन कार्यान्वय गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउछ भने त्यो गलत हुने बताएका छन् । उनले शनिबार फेसबुकमा प्रहरीले सडक क्षेत्रमा बनाएको संरचनाको तस्विर सेयर गर्दै आफैँले हटाउन आग्रह गरेका छन् ।

प्रहरी आफैँले उक्त संरचना नहटाए समतामुलक कानुनको प्रयोगको लागि पनि संरचना हटाउन बाध्य हुने बालेनको भानाई छ । फुटपाथमा सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर फुटपाथमा व्यापार गर्न रोकेका छौँ ‘उनले भने’ यो नियम सर्वसाधरणको लागी मात्र नभई सबैका लागी हुनुपर्छ ।

राजदुतावास लगायत विदेशी नियोगका हकमा सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरेको र कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ उनले भने ।