Thursday, June 18News That Matters

गृह जिल्ला सुर्खेत पुगेर जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे

पूर्णपुष्टि,चैत्र २५ । उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्लामा अवस्थित सुर्खेत विमानस्थल पुगि जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगेका छन् । उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक शनिबार सुर्खेत पुगेका उनले विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका हुन्।

गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन पहिलो पटक खड्का बुद्ध एयरको जहाजमार्फत सुर्खेत आइपुगेका हुन् । खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।

उनले भने मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम ग¥यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यहीँ ताकत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्तीमा पाइला टेकेको छुश ।