
पूर्णपुष्टि, २८ असोज ।
यो बर्षको दशैँ नेपालीहरुको घरआगनमा भित्रिसकेको छ । फुलपाती कार्तिक ७ गते र बिजय दशमी टिका १० गते छ । यस अर्थमा भन्ने हो भने अब दशैँ ७ देखी १० दिनमात्रै बाँकी छ । तर गाईघाटका ब्यपारीहरुको एकै स्वर छ ब्यापार नै छन । दशैँले भिँडभाँड बनाउने शहर बजार सुनसान छ । किनमेलका लागि पालो नपाईने पसलहरु अस्तव्यस्त छ । जतिखेर सामान किन्छु भन्दा पनि हतारो छैन । बिगतका बर्षहरुमा त चाँडबाँड छेउ एक महिना अघिबाटै ब्यापार सुरु हुन्थ्यो, सोही अनुसार खरिद गर्नु ग्राहकलाई हतार थियो । तर पछिल्ला बर्षहरुमा चाँडबाँडमै पनि ब्यापार शुन्य अवस्थामा झरेको छ”, यो भनाई गाईघाटका पुरानो ब्यापारी भरत चाम्लीङ्को हो” ।

२०४५ साल देखी ब्यापार सुरु गरेको राईलाई गाईघाटको ब्यपार व्यवसाय बारे एक एक इतिहाँस थाहा छ । बजार पछिल्लो समय खस्किदै झरेको उनको बुझाई छ । राईको अनुभव अनुसार उनले ५० साल सम्म राम्रो आम्दानी ब्यपार बाट गरेको अनुभव छ । त्यस पछि फेरी सामान्य अवस्थामा झरेको ब्यपार शान्ति प्रक्रिया पछि फस्टाएको थियो । तर १० बर्ष यता ब्यपारहरु बिस्तारै खस्किँदै गाएको राईको ऐतिहाँसिक बुझाई छ । पहिल्य पहिल्य दशँैको एक महिना अगाडी देखिनै सुरु हुने ब्यपार यो बर्ष एक हप्ता मात्रै दशैँ बाँकी रहँदा १० प्रतिशतले ब्यपार बृद्धि भएको राईले जनाए ।
बर्षेनी रुपमा क्रमगत हिसावले ब्यपार खुम्चीदै गएको अनुभव राईले सुनाए । उनले पछिल्लो ब्यपार अवस्थाको मुख्य समस्या भनेकै अर्थतन्त्रको असर रहेको जनाए । पैसा मान्छे सँग छैन् ब्यपारिहरु मारमा छन् सामान महंगिएको छ, उनले भने, । राईले राज्यले व्यपारीलाई उचित सहयोग नगर्दा पनि ब्यपारमा ठुलो असर परेको जनाए । पैसा घुम्न पाएको छैन खुम्चीएर एक ठाउँमा केन्द्रीकरण भएको अवस्था छ, बित्तिय संस्थाहरु डामाडोल छ । यसैको असर बजारको ब्यपारमा परेको हो, राईले भने” । पहिलेको जस्तो घट्दो चाँडबाँडको महत्व र ठाउँ ठाउँमै स्थानीय बजार र सडकको पहुँचले असर गरे पनि मुख्य असर भने आर्थिक संकटनै रहेको राईको बुझाई छ । नेपालका बेरोजगार र गरिब मजदुरहरुका लागि भने दशैँ नभै दशा रहेको राईले जनाए । राज्य व्यपारीहरु प्रति उद्धार नदेखिँदा सामान महँगी हुनुका साथै मजदुररुले सामान खरिद गर्न नसकिरहेको अवस्था छ ।

यस्तै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीका अनुसार बिगतको बर्षहरुको आधारमा यो बर्ष २५ प्रतिशत मात्रै गाईघाटमा ब्यवार चलिरहेको जनाए । कपडा, खाद्यन्न र जुत्ता चप्पल पसलहरु बाहेक अन्य पसलहरुले दिनमा बुहुनी गर्न समते धौधौ परेको रसाईलीको भनाई छ । ती पसलहरु पनि पहिलाको दाँजोमा कम्जोर ब्यपारको भागेदार बनेको रसाईलीले बताए । अध्यक्ष रसाईलीको बुझाईमा पनि बजार चहलपहलको मुख्य असर आर्थिक मन्दीनै रहेको जनाए । बैँकको लोन तिर्दा तिर्दा ब्यपारीहरु पनि टाट पल्टेको छ, बैँकले ब्यपारीहरुको डाँड सेकेकै कारण महंगी बढेको छ, ब्यपारीहरु बिस्थापित हुने र आत्माहत्या समेत गर्न बाध्य छन् यसले पनि ब्यपारमा असर परेको छ रसाईलीले भने, । ब्यपारीहरु आफै मारमा छ । ग्राहकलाई सुलभ गर्न सकिएको छैन् उनले थपे । रसाईलीले ब्यापारीहरु प्रति राज्य निरही भएर लागेको समेत जनाए । राज्यले थुपारेको अर्बौँ पैसा बजारमा चलखेल हुन पाएको छैन । राज्यको पैसा ब्यपारीहरुलाई सहज लोनको रुपमा प्रयोग गर्न नदिँदा ब्यपार बिस्तारै संकट अवस्थामा गैरहेको छ । बिगतका दशैँ तिहारमा ब्यपारीहरुले राम्रो आम्दानी गर्दै आएकोमा अहिले बुहुनी हुन पनि धौधौ परेको रसाईलीले दुख ब्यक्त गरे ।

उनले गाईघाट बजारको ब्यपार असरको केही हिंसा पहाडी ठाउँहरुमा स्थापना भएको स्थानीय बजार पनि रहेको जनाए । स्थानीय सरकार गाउँठाउँमै निर्माण भएसँगै बजारहरु संञ्चालनमा छन् । यसले पनि थोरै तिनै केन्द्रीक्रित बजारलाई असर गरेको उनको बुझाई छ । यस्तै गाईघटकै पहिलो डिजिटल ढोका ब्यपारी आकाश मगरको पनि यो बर्ष ब्यापार खस्केको छ । रेडिमेड डिजिटल ढोका संञ्चालक मगर पछिल्लो चाँडबाँड जस्तो ब्यापार हुने समयमा पनि आम्दानी गर्न चुनौती रहेको जनाए । पहिलो बर्षहरुमा काम भ्याईनभ्याई हुने यो बर्ष दुई दिन देखी मिस्तुरीहरु थन्केर बसेको छ । काम पाईएको छैन् उनले भने, । दशैँमा धेरै मानिसहरु नयाँ घर सर्छन ढोका किन्न ताँति लाग्थ्यो पछिल्लो बर्षहरुमा घरै बन्न छाड्यो की के हो, ढोका किन्न ग्राहक आउन छाड्यो उनले भने, । यता होटलमा पनि उस्तै समस्या छ । दशैँ अगाडी पहिल्यै भरिभराउ हुने होटलहरु अहिले ठप्प छ । गाईघाट पिपल चोकका पुरानो दिक्तेली मेलिना होटल दशैँमा भरिभराउ हुने होटल मध्य एक हो । तर यो पटक दुई ओटा तिन ओटा कोठा बाहेक मान्छे नै नहुने संञ्चालक गंगा राईले जनाए । बिगतको बर्षको व्यपार हेर्ने हो भने पछिल्लो बर्षहरुमा होटल खाली अवस्थामै चलिरहेको जनाए । राईले बिगतमा आफ्नो र अरुको गरी तिन ओटा घरहरु प्रयोगमा ल्याएर होटल संञ्चालन गर्दै आएका थिए । पछिल्लो बर्षहरुमा एउटै घर पनि मान्छे अपुग भएको जनाए । यता अन्नपूर्ण होटल पनि सुख्खा अवस्थामा रहेको जनाए । खोटाङ जाने काउन्टर आसपास रहेको उक्त होटल पनि बिगतका दशैँहरुमा भरिभराउनै हुथ्यो । तर अहिले त्यो अवस्था नरहेको संञ्चालन गणेश राईको भनाई छ । पहिले कोठाहरु खाली हुदैन थियो धेरै मान्छेहरु अन्य ठाउँ पठाउने गर्थेउ, तर अहिले आफ्नै होटलमा ग्राहक छैन् राईले भने , ।


