
पूर्णपुष्टि, २८ असोज ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आफ्नो ६८ औँ प्रहरी दिवसको अवसरमा आईतबार बिहान प्रभातफेरी र्याली गरेको छ । उक्त दिवसको अवसरमा उदयपुर प्रहरीले खेलकुद, सचेतना कार्यक्रम तथा र्याली गरेर ३० गते दिवसको भव्य समापन गर्ने जनाएको छ । सुरक्षा निकाएका सहित उद्योग बाणिज्य संघ, संञ्चारकर्मी, ट्राफिक प्रहरी सहितको उपस्थितिमा र्याली लगाईएको हो । गाईघाट बजार परिक्रमा पश्चात पिपलचोकमा यसको कोण सभा गरी र्याली समापन गरिएको हो । एक महिना अघिदेखीनै प्रहरीले दिवसको अवसरमा ब्याडमिन्टन खेल जस्ता अन्य क्रियाकलालप सहित दिवस भव्य मनाईरहेको छ ।
