Wednesday, May 6News That Matters

दशैंको टीकाको साइत सार्वजनिक

भदौ २३ गते । 

हिन्दु धर्मलम्बिहरुको महान चाड दशैं टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विययादशमीको दिन साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि बिहान १०ः३५ बजेको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको हो ।

दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।