
पूर्णष्टि,वैशाख २४ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा श्री लिड्स नेपाल : महिला जनप्रतिनिधि परिवारका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आईतवार CDWN(Center For Dalit Women Nepal) द्वारा आयोजित Swiss Agency for Development and Cooperation (SDC) र Australian Government-Department of Foreign Affairs and Trade को आर्थिक सहयोग तथा आई.एफ.ई.एस.सँगको सहकार्यमा “शि लिड्स-महिला नेतृत्व” परियोजना अन्तर्गत गाउँपालिकाको सभाहलमा अभिमुखीकरण गरिएको हो ।

निर्वाचित महिला जनप्रतिनिधिहरुको परिवारका सदस्य अन्तर्गत पुरुष सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी महिलाहरुलाई संविधान सभा सदस्य दुर्गा जयन्ती राई र लक्ष्मी कुमार राईले प्रशिक्षण गरेका थिए ।
