Wednesday, June 10News That Matters

विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सहजताका लागि इलोक्ट्रोनिक चुलो वितरण

पूर्णपुष्टि,वैशाख २४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७मा शिक्षक तथा विद्यार्थीहरुलाई सहजताका लागि इलोक्ट्रोनिक चुलो वितरण गरिएको छ । आईतवार वडाले एक कार्यक्रमको आयोजना गरी ७ नम्बर वडा भरी रहेका ९ वटा विद्यालयहरुलाई आवश्यक चुलो वितरण गरेको हो ।

कार्यक्रममा उदयपुरगढी गाउँपालिका–७,का वडा अध्यक्ष भुवन केप्छाकी मगरले ९ वटै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई संयुक्त चुलो हस्तान्तरण गरेका छन् । अध्यक्ष मगरले सामुदायीक विद्यालयमा दैनिक जसो विद्यालय संञ्चालन हुँदै गर्दा विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई चियाँ, नास्ता विद्यायमै बनाएर खान सक्ने व्यवस्थाका लागि वडाले यो सानो कदम चालेको बताए । दैनिक जसो घरबाट खाजा वा खाना नखाई आएकाहरुलाई विद्यालयमै यस्तो व्यवस्था भएपछि शिक्षक तथा विद्याथीहरुलाई सहजता हुने उनको भनाई छ ।