
पूर्णपुष्टि, २४ वैशाख ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिका १४ को नेतृत्वमा किशोर राई सर्वसहमत चयन भएका छन् । उनि सहित उपाध्यक्षमा जिवन मगर पनि चयन भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे तथा अग्रज नेताहरु ईश्वरमणी राउत, बैकुण्ठ दाहाल र युवा नेता मन्दीप राई सहितको उपस्थितिमा नेतृत्व चयन कार्यक्रम भएका थिए । कार्य समितिमा अन्य सदस्य तथा पदाधिकारीहरु भने पुरानै रहेका छन् ।

केहि समय अघि देनी नेतृत्वको केहि पदाधिकारीहरु खाली रहेपछि राईलाई अध्यक्ष र मगरलाई उपाध्यक्षमा चयन गरिएका थिए । राई इमान्दारी र कर्तव्यनिष्ठ व्यक्तित्वका रुपमा आपुलाई प्रस्तुत गर्दै गाउँटोलमा छाएका व्यक्ति हुन् । आफुले १४ नं वडाका युवाहरुलाई समेटेर नेतृत्व गर्दै गर्दा एक खुसी र अर्को चुनौती पनि रहेको जनाए । उनले पार्टी भित्रका अग्रज र सहकर्मीहरुलाई इमान्दारी र कर्तव्यनिष्ठ भए र काम गर्न समेत सुझाए । राजनितिक गर्ने व्यक्तिहरुले आफ्नो स्वार्थ भन्दा पनि जनताहरुलाई सकरात्म प्रभाव पर्ने खालको देखिने गरी काम गर्नु पर्ने जनाए । राईले त्यस ठाउँका युवाहरुलाई उर्जाशिल भएर काम गर्न पनि नेतृत्वको क्रममा सुझाए ।
साउनेमा फुटवल प्रतियोगिता गराईने
१४ नं वडा साउनेमा युवा संघको नेतृत्वले फुटवल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । भर्खरै नेतृत्वमा चयन भएका राईले ३० औँ मदन भण्डारी स्मृति दिवसको अवसरमा वडामा भव्य फुटवल प्रतियोगिताको आयोजना गर्ने जनाए । राईका अनुसार जेष्ठ ३ गतेबाट फुटवल प्रतियोगिता गर्ने जनाए । युवाहरुलाई थप क्रियाशिल र सकारत्मक बनाउन खेलकुदमा जोड्ने भन्दै फुटवल प्रतियोगिता गर्ने राईले जनाए । खेल खुल्ला पुरुष फुटवल प्रतियोगिता गरिने जनाएको छ । उक्त खेलमा प्रथम हुने टिमले ४० हजार दोस्रोले २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट मेड, उत्कृष्ट डिफेन्ड, उत्कृष्ट किपर, उत्कृष्ट कोच र सार्वाधिक गोलकिपरलाई पनि नगद र मेडलको व्यवस्था गरिने जनाएको छ । फुटवल प्रतियोगिताको टाईसिट भने आयोकले तयारी गर्दै गरेको हुँदा सार्वजानिक हुन बाँकी रहेको र सोमवार मंगलबार भित्र सार्वाजानिक गर्ने तयारी रहेको जनाईएको छ ।

