
पूर्णपुष्टि, असार २३ । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा ना६ख ६६६७ नंको ट्रक र ना६ख ६३१ नंको ट्रक ठोक्किएर आगलागी हुँदा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा ना ६ ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरिक्षक (डिएसपी) टेक बहादुर कार्कीले जानकारी दिए ।
आज बिहान २ बजे दुर्घटनाहुँदा आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा घाईते भएको प्रहरीले जनाएको छ ।
