Monday, April 20News That Matters

दुई छोरा सहित विष खाएर आमाले गरिन आत्महत्या प्रयास, एक छोराको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १८ । मकवानपरमा एक महिलाले आफु सहित दुई छोरालाई विष खुवाएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार साँझ ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ७ बर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबासहित आफुले विष खाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । उनका अनुसार विष सेवन गरेकी महिला सहितका बालकहरुलाई बुधबार नै हेटौडा अस्पताल लगिएको थियो भने त्यहाँबाट रातिको ८ बजे भरतपुर अस्पताल रेफर गरिएको थियो ।

बिहिबार बिहान उपचारको क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा नाबालक छोरा जेनिसको मृत्यु भएको छ भने आमा र छोरा अस्किनको आईसीयू कक्षमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको ‘एसपी गौतमले भने’ तर, यो अवस्था किन आयो भन्ने कारण खुलेको छैन ।