
पूर्णपुष्टि, जेष्ठ १८ । स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनल खेलमा पेनाल्टीसुट आउटमा रोमामाथि ४–१ को जित निकाल्दै सेभियाले उपाधि चुमेको हो । सेभियाले युरोपा लिगको सातौं उपाधि जितेको हो ।
पेनाल्टी सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । अर्जेन्टाईन खेलाडी मोन्टिएलले २०२२ को विश्वकपको फाईनलमा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम गोल गरेका थिए । रोमाका लागि ब्राएन क्रिस्टान्टेले गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् ।
खेलको ३५ औं मिनेटमा पाउलो डिबलाको गोलबाट रोमाले पहिले आग्रता लिएको थियो । तर खेलको ५५ औं मिनेटमा रोमाका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
