Monday, April 20News That Matters

दुधकोशीमा बालिका बेपत्ता

पूर्णपुष्टि/उदयपुर, कार्तिक ३ ।
उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका दुधकोशीमा डुबेर बेपत्ता आज भएकी छिन् । वडाध्यक्ष हेम मगरका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुसा तामाङ कोशीमा डुबेर बेपत्ता भएकी हुन् ।
साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । परिवारलाई संगै गएकी बालिकाले खबर गरेकी थिएन । खबर लगत्तै प्रहरी र स्थानीयले बालिकाको खोजी गरिरहेको छ । कोशीमा डुबेकी उनलाई बगाएर लगेको हुनसक्ने अनुमान स्थानीयको छ ।
घटनाको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले पुष्टि गर्नुभयो । प्रहरीटोली र स्थानीयले खोजी गरिरहेको उहाँले बताउनुभयो ।