Monday, April 20News That Matters

अब गाईघाटमै ढाका उत्पादन र ढाकाको बिभिन्न पहिरन

पूर्णपुष्टि/गाईघाट, कार्तिक ३ गते ।
गाईघाटमै संञ्चालनमा आएको लिडिया ढाका प्रशिक्षण केन्द्रले उत्पादन सँगै ढाकाको बिभिन्न पहिरन तयार पारिरहेको छ । नर्मल कपडा भन्दा सांस्कृतिक पहिरनका लागि ढाका प्रयोगमा कपडा हो । यस उद्योगमा बिभिन्न जातजातिका जातिय कपडाहरु निर्माण भैरहेको छ । संञ्चालक निर्मला लिंङदेनका अनुसार ढाकाको सबैखाले पहिरनहरु निर्माण गरिने जनाईन् । ढाका आफै उत्पादन गर्ने र ढाकाको पहिरनहरु निर्माण गरिरहेको जनाईन् । गाईघाटबाट धेरै मानिसहरु कल्चरल डे«सका लागि धरान इटहरी जाने गरेको अवस्थामा गाईघाटमै अव ढाका पहिरन उपलब्ध रहने राईको भनाई छ । ढाकाको कपडा बिषेशगरी राई लिम्वु र अन्य जनजातिहरुले आफ्नो सांकृतिक पहिरनको रुपमा प्रयोग गर्ने गरेको छ । ढाका बुनाई तथा पहिरनका लागि पनि प्रशिक्षण दिदै आएको छ ।