Monday, April 20News That Matters

 कोशीमा बेपत्ता बालिका अझै फेला परेन, खोजी कार्य जारी

पूर्णपुष्टि /उदयपुर, कार्तिक ५ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ ढुंग्रेकी ७ वर्षिया बालिका अझै फेला परेकी छैनन् । वडाध्यक्ष हिम मगरका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुसा तामाङ सोमवार कोशीमा डुबेर बेपत्ता भएकी थिईन्।
साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी हुन्। परिवारलाई संगै गएकी बालिकाले खबर गरेकी थिएन । खबर लगत्तै प्रहरी र स्थानीयले बालिकाको खोजी गरिरहेको छ । कोशीमा डुबेकी उनलाई बगाएर लगेको हुनसक्ने अनुमान स्थानीयको छ । बेपत्ता बालिकाको सशस्त्र प्रहरीले दिनभर खोजतलास गर्दा पनि फेला परेको छैन् ।