
पूर्णपुष्टि/उदयपुर, कात्तिक ४ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकामा विपिन जोशीको मलामी आज ठुलो संख्यामा उपस्थित भए । महाकाली नदी किनारमा अन्त्येष्टि गर्न लगिएको उनको मलामी ठुलो संख्यामा उपस्थित भएका हुन् । शवयात्रासहित अन्त्यष्टीका लागि लगिएको उनको शबको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित गरिएको सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाई जनाएका छन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी हमासले बन्धक बनाइएका थिए । गत २०२३ अक्टुबर ७ मा अपहरणपछि अज्ञात रहेका उनी गत असोज २७ गते मृत्यु पुष्टि भएको थियो ।
