Monday, April 20News That Matters

दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

पूर्णपुष्टि, फागुन ८ गते । दुध उद्योगीहरुले दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागतमा वृद्धि भएको भन्दै मुल्य बढाउन उद्योगीले प्रस्ताव गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा प्रस्ताव गरेको बताए । उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ ।

दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको दाहालले बताए । पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए । उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन् । दूध तथा दुग्धजन्य पदार्थ आयातमा सरकारले प्रतिवन्ध लगाएको छ ।