Monday, April 20News That Matters

वृद्धभत्ता नदिएको रिसमा चक्कु प्रहार गरी काकाको हत्या

पूर्णपुष्टि, फागुन ८ गते । महोत्तरीमा वृद्धाभत्ताको रकम नदिँदा भतिजोले चक्कु प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजो ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको बताए ।

आज बिहान घटनाबारे सुचना पाएपछि घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पुरा गरी शव पोस्माटको लागी प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको (डिएसपी) पोखरेलले बताए । हत्या आरोपी विजेन्द्र फरार रहेको र उनको खोजि तिव्र बनाईएको प्रहरीले जनाएको छ ।