
पूर्णपुष्टि, बैशाख २५ । देउराली फुटबल क्लब सिसुवारी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाईनलमा सगरमाथा फुटबल क्लब राजावासलाई २–० गोल अन्तरले हराउँदै सिसुवारीले सेमिफाईनलमा स्थान बनाएको हो ।
देउराली फुटबल क्लबको लागी जर्सि नं ६ का पारस नेपालीले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १६ औं मिनेटमा सुजिल खुलाल मगरले गोल गरे । उक्त प्रतियोगिताको म्यान अफ द म्याच देउरालीका जर्सि नं १० का खेलाडी विपिन मगर बनेका छन् ।
भोली बुधबार आयोजक साकेला युवा समुह बि र भचुवा फुटबल क्लब रामपुरबिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाईनल खेल २७ गते देउराली फुटबल क्लब सिसुवारी र फ्युजन क्लब बोक्सेबिच हुनेछ । फाईनल खेल भने शनिबार हुनेछ ।
