
पूर्णपुष्टि, बैशाख २५ । पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ राई सहित ५ जना प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
सोमबार समृद्ध नेपालको आधार, सुचना प्रविधि र सञ्चार भन्ने मुल नाराका साथ प्रदेश सरकार मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकारीता दिवस तथा पत्रकार सम्मान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्व अध्यक्ष राई सहित ५ जनालाई पुरस्कार र नगद १ लाख सहित सम्मान गरेका हुन् ।
उदयपुरका पूर्व अध्यक्ष राई सहित धनकुटका रमेशचन्द्र अधिकारी, बिराटनगरका अनन्तराज न्यौपाने , विर्तामोडका भिमलाल नेम्वाङ र सुनसरीका पिवि दियालीलाई प्रादेशिक पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो ।
