देउरीमा जितिया महोत्सव हुने

पूर्णपुष्टि, भदौ २३ गते ।

उदयपुरको देउरीमा असोज दुई गते १४औँ जितिया महोत्सव हुने भएको छ । जितिया थारु समुदायले मनाउने ठुलो पर्व हो ।त्रियुगा नगरपालिका वार्ड न ६ स्थित जनता माध्यमिक विद्यालयको चौरमा हुने जितिया महोत्सवमा थारु कल्चरल नृत्य प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार दश हजार , द्धितीय पाच हजार ,तृतीय तीन हजार र सान्तना एक हजार राखिएको छ । आयोजकले प्रतियोगितामा सहभागी भइ थारु संस्कृतीको संरक्षणमा सहभागी हुन आग्रह गरेको छ । सो प्रतियोगितामा थारु आधुनिक ,लोक नृत्य देखाउनुपर्नेछ ।
उक्त जितिया महोत्सवलाइ भव्य वनाउन आयोजक दिनरात लागिरहेको सो महोत्सव आयोजक समितीका अध्यक्ष मोहनदेव चौधरीले बताएका छन । चौधौ जितिया महोत्सवको उद्घाटन प्रदेश एकका भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले गर्ने आयोजकले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0