Tuesday, June 30News That Matters

चोरीको दुई थान मोटरसाईकल सहित तिन युवक पक्राउ

 

पूर्णपुष्टि, भदौ २३
सिरहामा चोरीको दुई थान मोटरसाईकल सहित तिन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादव रहेका छन् ।लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको छ ।