Tuesday, July 14News That Matters

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक युवक पक्राउ

पूर्णपुष्टि, भदौ २४ गते ।
ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको अभियोगमा भक्तपुरको एक जना युवक पक्राउ परेको छ । काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई विहिबार प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।