Monday, April 20News That Matters

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा रक्तदान

पूर्णपूष्टि, भदौ २४
गाईघाटमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । विश्वसान्ती दिवश तथा मानव धर्मका प्रणेता सदपाल जी महाराजको जन्मोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरीएको हो ।
नेपाल मावन धर्म सेवा समिती उदयपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले गर्नुभयो । कार्यक्रम उद्घाटन सँगै मेयर बस्नेतले सहित वडाअध्यक्ष सुमन्त कोईराला, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले रक्तदान समेत गर्नुभयो । रक्तदान जिवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।