
पूर्णपुष्टि, भदौ २४
सिराहामा आयोजिना गरिएको स्व. बोध नारायण यादब प्रथम स्मृती फुटबल प्रतियोगिताको पहिलो खेलमा गाईघाट बिजयी भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा गाईघाट युनाईटेड र रियल स्टार बिच प्रतिस्पर्धा भएको थियो । उक्र खेलमा गाईघाटले रियल स्टार लाई ४÷१ को पराकिलो अग्रताले जितेको छ । खेलको पहिलो चरणमै गाईघाटलाई सफलता मिलेको छ । गाईघाट युनाईटेड बाट सिशिर लेखीले १, अर्जुन राना २ र सारोज राउतले १ गरी जम्मा ४ गोल गरेका थिए भने रियल स्टार क्लवले भने खेल समयभरी १ गोल मात्र फर्काए । खेलमा गाईघाट युनाईटेटका सरोज राउत म्यान अफ द म्याच भएका छन् ।

