
पूर्णपुष्टि, जेठ ८ गते ।
देशभर नेपाली काँग्रेसले ३ सय ३१ स्थानीय तहमा मेयर पदमा विजयी गरेको छ, भने उप–प्रमुखमा २ सय ८८ स्थानमा जीत हासिल गरेको छ । यता नेकपा एमालेले देशभर १ सय ९२ स्थानीय तहमा आफुलाई स्थापित गरेको छ । एमालेमा उपमेयर पदमा २ सय १९ स्थानीय तहमा जीत हासिल गरेको छ ।
माओवादी केन्द्र १ सय २० प्रमुखमा विजयी भएको छ । माओवादीबाट उपमेयरमा १ सय २६ सिट आएको छ । जनता समाजवादी पार्टी नेपालले पनि २९ स्थानमा प्रमुख पदमा जीतेका छन् । यता उपमेयरमा ३१ स्थानमा जसपा आएको छ । एककिकृत समाजवादी पार्टीले १७ स्थानमा प्रमुख तथा २० स्थानमा उपप्रमुख पदमा विजयी भएका छन् । लोकतान्त्रीक समाजवादी पार्टीले देशभरमा १३ स्थानमा प्रमुख तथा ९ स्थानमा उपप्रमुखमा जीत हासिल गरेको छ ।
