Sunday, May 3News That Matters

दोस्रो प्रदेश महोत्सवमा भोली लाउरे आउने, प्रवेश निशुल्क

पूर्णपुष्टि, ३ फागुन ।
भोली उदयपुरमा चर्चित र्यापर लाउरे आउने भएको छ । गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको दोस्रो प्रदेश महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे) गाईघाट आउने भएको हो । लाउरे महोत्सवमा मनोरञ्जनको लागि मात्रै आउने छैन् । उनि प्रहरीले आयोजना गरेको लागुऔषाध दुव्र्यसन न्युनिकरण से नो टु ड्रग, तथा आई डियर नो ड्रग अभियानमा पनि सहागी हने छ ।

लाउरे कुनै समयमा आफु पनि लागुऔषाध प्रयोकर्ता भएको र अहिले सामान्य अवस्थामा फर्किएर नेपाली र्यापलाई व्यवसायीक रुपमा अघि बढाने एक महत्वपूर्ण खम्वाको रुपमा स्थापित बनेको छ । उनि पछिल्लो समय हिमालय रोडिजको जर्ज समेत थिए । पछिल्लो समय गित सँगित सहित सामाजिक कार्य र नेतृत्व बिकासमा उनको कामहरु अघि बढिरहेको छ । उदयपुरमा भएको लागुऔषाध बिसंगती न्युनिकरण गर्न लाउरेले जस्तै बिगतलाई यहाँका प्रयोगकर्ताहरुले फेर्न जरुरी छ । त्यसलाई प्रोत्साहन गर्न लाउरे दोस्रो प्रदेश महोत्सवमा सहभागी हुँदैछ । उनले आफ्नो बितेको जिवन र लागुऔषाध सँगको नकरात्मक सम्बन्धलाई जिवनीको रुपमा महोत्सवमा प्रस्तुत गर्नेछ ।