Monday, June 8News That Matters

उदयपुरमा यौन धन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ

पूर्णपुष्टि, फागुन ३ । उदयपुरमा यौन धन्दा चलाएको आरोपमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–१३ बस्ने ४५ बर्षीय दशरथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार मनिषा होटलमा यौन जन्य क्रियाकलाप गराई होटल संचालन गर्दै आएको भन्ने विशेष सुचनाको आधारमा संचालक चौधरीलाई पक्राउ गरिएको हो । चौधरीले महिलाहरुलाई विभिन्न प्रालोभनमा पारी अवैध रुपमा यौन जन्य क्रियाकलाप गराउदैँ आएको डिएसपी चौधरीले बताए । पक्राउ परेका चौधरीलाई मानव बेच–बिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।