
पूर्णपुष्टि, ३ फागुन ।
बिहिबार सरस्वती पुजा गर्न विद्यालय हिडेका एक विद्यार्थी बेपत्ता भएको छ । उदयपुरको जलजले उदयसी बोर्डिङ कक्षा ११ मा अध्यानरत छात्र १७ बर्षिय मनोज कुमार बुढाथोकी बेपत्ता भएको हो । सप्तरी सुरुङ्गा नगरपालिका बाउन्नाका द्धर भई उदयसीमा अध्यानरत बुढाथोकी बिहान ४ बजे सरस्वती पुजाका लागि विद्यालय गएको परिवारले जनाएको छ । परिवारका अनुसार सुरुमा फोन लागेपनि नउठेको पछि लगतार फोन गर्दा भने फोन नै लाग्न छोडेको छ ।
बुढाथोकीको फोन लाग्न छाडेपछि परिवारले खोजतला गर्न सुरु गरेको छ । परिवारको मात्रै खोजतलासले पत्ता नलागेपछि प्रहरीमा समेत जानकारी गराईएको छ । प्रहरीलाई खोजी कार्यको लागि निवेदन दिईएको छ । बेपत्ता बुढाथोकीले निलो कलरको हुडी कालो कलरको पाईन्ट र कालो जत्ता लगाएको जनाईएको छ । उनलाई खोजी गरी फेला पारेमा नजिकैको प्रहरी चौकीमा खबर गर्न अथावा परिवारको सम्पर्क नं ९८५११६५०९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका लागि सबै पक्षले खोजी कार्यमा सहभागी बनी सहयोग गर्न परिवारको अपिल छ ।
