
पूर्णपुष्टि, ३ फागुन ।
त्रियुगा बसपार्कमा संञ्चालन भैरहेको दोस्रो प्रदेश महोत्सवमा आज हास्य कलकार मनोज गजुरेलले हसाउने भएको छ । नेपालको चर्चित अनि बरिष्ठ कलकारको रुपमा रहेको गजुरेल दोस्रो प्रदेश महोत्सवमा प्रस्तुती दिन आज गाईघाट आउने भएको हो । गजुरेलले महोत्सवमा आउने दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउने भएको छ । आयोजकका अनुसार गजुरेलको प्रस्तुती हेर्न उल्लेखखिय दर्शकहरु महोत्सवमा सहभागी हुने जनाईएको छ । गजुरेल सँगै गायक नन्दु गुरुङ र गायीका समिक्षा चौधरीले पनि आफ्नो प्रस्तुती राख्ने भएकी छिन् ।

