
पूर्णपुष्टि, २ माघ ।
माओवादी मजदुर पार्टीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै खुल्ला सभा कार्यक्रम सम्पन्न गरेको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर पार्टीले बिबिध कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री र खुल्ला सभा कार्यक्रम राखेका थिए । पार्टीका केन्द्रीय महासचिव हिमाल सिंह राईका अनुसार मंगलबार त्रियुगा नगरपालिका वडा नं ७ खोरिया टोल स्थित पार्टी केन्द्रीय सदस्यहरु प्रदिप फुयाँल, मेघ बहादुर दनुवार सहित तिन प्रतिनिधि र जिल्ला सदस्यहरु लिला दनुवार, पार्वती दनुवार, उर्मिला राय, बिष्णु राय, निर्मला राई लगायतको उपस्थिति रहेको थियो । यस्तै पार्टीले त्रिनपा १० बोक्से पानी ट्याँङकी टोलमा शैक्षिक सामाग्री समेत वितरण गरेको छ । विद्यार्थीहरुलाई कापी र कलम वितरण गर्दै उज्वल शिक्षाको कामना पार्टीले गरेको छ ।
