
पूर्णपुष्टि, फागुन २ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले मोतीगडा क्याम्पसका विद्यार्थीका लागी खानेपानी ट्याङकी निर्माण गरीदिने भएका छन् । बुधबार मोतीगडा क्याम्पसको एक कार्यक्रमका बिच मन्त्री बुर्जाले सो कुरा बताएक हुन् ।
मन्त्री बुर्जाले आफ्नो कार्याकालमा क्याम्पसमा पढ्ने विद्यार्थीहरुको लागी स्वच्छ खानेपानी अभाव नहोस् भन्ने हेतुले एउटा खानेपानीको ट्याङकीको व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय पाएका आफुले जनताका हितमा काम गर्नका लागी आफ्ना कर्मचारी र सबै पार्टीका नेताहरुलाई कानुनी, प्राविधिक लागायतका सल्लाह सुझाव दिनुपर्ने बताएका छन् ।
आफु काम गर्ने ब्यक्ति भएकोले मन्त्रालय असफल भयोभने सबै कर्मचारीहरु पनि असफल हुने आफ्नो मन्त्रालयका कर्मचारीहरुलाई सुनाएको मन्त्री बुर्जाले बताए । मन्त्री बुर्जाले आफु हाईफाई र स्टयाण्डर बन्नको लागी नभएर काम गर्न आएको बताए ।
