
पूर्णपुष्टि, १० फागुन ।
गाईघाटको दोस्रो त्रियुगा प्रदेश महोत्सवमा आज चर्चित गायिका कला राईले प्रस्तुती दिने भएकी छिन् । उनि प्रस्तुतीका लागि गाईघाट झरिसकेकी छिन् । गायिका राईले आफ्नो चर्चित गितहरु प्रस्तुत गर्दै गाईघाट झुमाउनेछिन् । राईको निकै चर्चित गितहरु लोकगित तर्फ मालिगो काटिनी लैलै, छकछकी रेलको इन्जीन, पान्धारे चौकी, सिरको फुल लाको माया आधुनिक तर्फ बिनायो मुचुृङगका बाजा, गाई हिड्ने गोहो, र चलचित्र तर्फ ए भेट भयो नी यो ठाउँमा रमाईलो मेलैमा लगायतका गितहरु निकै चर्चित छ । राई सहित भुवन मगर लगायतका कलकारहरुले आज महोत्सव तताउने आयोजकले जनाएको छ ।
