
पूर्णपुष्टि, फागुन १० । उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–३ मोतिगडा बस्ने ५० बर्षीय मान बहादुर ठकुरी, ८१ बर्षीय होम बहादुर ठकुरी, ५९ बर्षीय नेत्र बहादुर सिंह ठकुरी, ७५ बर्षीय प्रेम बहादुर राउत, ४५ बर्षीय विन्द भन्ने छवि बा.रास्कोटी र ४० बर्षीय बद्रि नारायण थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसप) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतको २०७०÷१२÷१६ गतेको फैसलाले जुवा मुद्दामा मान बहादुर ठकुरीलाई ३ सय रुपैँया र बद्रि नारायण थापालाई ५० रुपैँया जरिबाना तोकेको थियो भने अन्य चार जनालाई २–२ सय रुपैँया जरिवाना तोकेको थियो । जिप्रका उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।
