Friday, July 3News That Matters

नेशनल लाईफ गाईघाट शाखाद्धारा रक्तदान, बालवालिकालाई खाना र विरामीलाई फलफुल

उदयपुर १० फागुन ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले शनिवार तिन सामाजिक कार्य गरेको छ । कम्पनीको ३७ औँ बार्षिकोत्सवको अवसर पारी बिरामीलाई फलफुल वितरण, विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई खानाको व्यवस्था र रक्तदान कार्यक्रम गरेको हो ।
कम्पनीका गाइृघाट शाखा प्रमुख प्रेम कुमार राईका अनुसार बार्षिकोत्सवको अवसर पारी जिल्ला अस्पताल उदयपुरका ६० भन्दा बढी बिरामीलाई फलफुल वितरण, त्रियुगा नमुना माविका ३१ जना बौद्धिक अपाङ्गता भएका बालवालिका विद्यार्थीहरुलाई खाना खुवाईएको जनाए । साथै रक्तदान जिवनदान नारा सहित रक्तदान कार्यक्रम पनि गरिएको छ ।

उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरमै उत्कृष्ट कार्यक्रम सहित कम्पनीको बार्षिकोत्सव मनाएको प्रमुख राईको दावी छ । राईले यस कम्पनीले बिगतबाटै बिमा सँगै सामाजिक काम गर्दै आएको जनाए । उनले बिमा क्षेत्रमा मात्रै कम्पनीले काम नगरी सामाजिक कार्यक्रम अन्तर्गत मानवसेवा सम्बन्धि पनि काम गरिरहेको जनाए ।